ग्रिनल्यान्ड, एन्जल्स हार्ट र भ्याली पब्लिकलाई उपाधि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, भदौ ९ गते । ग्रिनल्यान्ड, एन्जल्स हार्ट र भ्याली पब्लिकले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बने । बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले जेनिथलाई ६१–६० को साँघुरो अन्तरले पराजित ग¥यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले ३१ अंक जोडे । जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ज्ञान निकेतनलाई ३०–२२ ले हरायो । एन्जल्स हार्टका रुपेश पौडेलले ७ स्कोर गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले संस्कृतिलाई ३४–१८ ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले १० स्कोर गरिन् । सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, जुनियर ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल र सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

Array