पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा महिलासहित तीन जनाको मृत्यु ,आठ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

पाल्पा, तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा मृत्यु हुने एक महिलासहित तीन जना रहेको प्रहरीले जनाएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का विनोद तिमिल्सिनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी आठ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो जिप बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

Array