टेबलटेनिस टोली दक्षिण कोरिया जाँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं, नेपाली टेबलटेनिस टोली २६ औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्दै छ  । भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी सहभागी हुँदै छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा सिक्का सुवाल श्रेष्ठ र इभाना थापा रहेका छन् । प्रशिक्षकमा मुख्य प्रशिक्षक सन्जिव ढुंगेल छन् । नेपालले पुरुष÷महिला सिंगल्स, डबल्स, टिम र मिक्स स्पर्धा गरी  ७ स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।
पाँचै खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । एसियाली खेलकुदमा ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्दै छन् । एसियाली खेलकुका लागि छनोट भएकी नेपाल नम्बर वान नविता श्रेष्ठ भने टोलीमा समावेश छैनन् । उनी हाइ फर्मेन्स तालिमका लागि शनिबारै अमेरिका जाँदै छिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टेबलटेनिस टोली हालै एसियाली खेलकुदको तयारी प्रशिक्षणबाट भारतबाट फर्किएको हो ।
बिदाइका अवसरमा सदस्य–सचिव घिसिङले खेलाडीलाई एसियाली खेलकुदको तयारी प्रशिक्षण बारे चासोपूर्वक जानकारी लिएका थिए । खेलाडीले भारतमा भएको तयारी प्रशिक्षण सन्तोषजनक रहेको बताएका थिए । एसियाली टेबलटेनिसमा सहभागी हुने खेलाडीलाई टीटी गुड्स नेपालले टिसर्ट प्रायोजना ग¥यो ।
यसैबीच अखिल नेपाल टेबलटेनिस संघ, तदर्थ समितिको पहिलो बैठकले संघका वरिष्ठ सह–संयोजक सुदिल शाहीको संयोजकत्वमा खेलकुद विकास ऐन अनुसार संघको नयाँ विधान बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । संघका संयोजक चतुरानन्दराज वैद्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले शाहीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिका सदस्यहरुमा सह–संयोजक वृजेन्द्र हमाल, प्रज्ज्वलकान्त मैनाली, नवीनबहादुर शाक्य र शिवसुन्दर गोथे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array