‘जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान कास्कीमा शुभारम्भ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान कास्कीमा शुभारम्भ भएको छ । जिल्लाका पाँच पालिकाका ७२ वटै वडामा  अभियान उत्साहपूर्ण रुपमा उद्घाटन गरिएको माओवादी केन्द्र कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अभियानमा पार्टीका नेता, कार्यकर्ता सहित जनताको समेत सहभागिता रहेको थियो । उद्घाटन समारोहमा विभिन्न सास्कृतिक प्रस्तुतीले उल्लासमय बनाएको थियो ।

माओवादीले देशव्यापी रुपमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सहित ‘घर घरमा माओवादी जनजनमा माओवादी’को नारा सहित तीन महिने अभियान घोषणा गरेको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले देशव्यापी रुपमा अभियानको उद्घाटन गर्नुभएपछि जिल्लामा पनि अभियानको औपचारिक उद्घाटन गरिएको हो।

पोखरा महानगरपालिका, रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकाका सबै वडामा अभियान सुरु भएको र निरन्तर रुपमा आगामी मंसिर १५ गतेसम्म सञ्चालन हुने जिल्ला इन्चार्ज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“कास्कीका सबै वडाहरुमा आज अभियान सुरु भयो । अध्यक्ष कमरेडको मन्तव्य सुनेर नयाँ उर्जा सहित नेता कार्यकर्ताहरु आआफ्नो जिम्मेवारीमा खटिनुभएको छ ।”

अभियानका क्रममा जनतासँग भेटघाट गर्ने, संगठन विस्तार, सुझाव संकलन, पार्टी प्रवेश लगायतका कार्यक्रम सञ्चालन गरिने माओवादी केन्द्र कास्कीका संयोजक केशव पौडेलले बताउनुभयो । उहाँका अनुसार अभियानमा सरकारले गरेका कार्यहरुका बारेमा जनतालाई जानकारी दिने र विकास निर्माण लगायतका जनताका आवश्यकता र समस्याहरु टिपोट गरी सरकारसम्म पु¥याइनेछ ।

पौडेलले भन्नुभयो,“ कास्कीका सम्पूर्ण वडाहरुमा आज एकैसाथ अभियानको सुभारम्भ भएको छ । पार्टी नेता,कार्यकर्ता र जनतामा उत्साह थपिएको छ । सबै वडाहरुले कार्ययोजना बनाएका छन्, सोही अनुसार तीन महिनासम्म प्रत्येक घर घरमा पुग्ने गरी अभियान सञ्चालन हुन्छ । ”

माओवादीले अभियानका लागि केन्द्रीय सदस्यहरुलाई पालिका र प्रदेशका पदाधिकारी र सदस्यहरुलाई वडाहरुमा जिम्मेवारी तोकेको छ । कास्की जिल्ला सहित माछापुच्छ«े गाउँपालिकाको जिम्मेवारी इन्चार्ज अधिकारीले पाउनुभएको छ ।

त्यसैगरी पोखरा महानगरको इन्चार्जमा पारशमिण पौडेल सहित नेताहरु देवेन्द्र पराजुली, झलकपाणि तिवारी, अतिन्द्र केशरी न्यौपाने,लोकप्रसाद भुर्तेल, निरमाया श्रीस,रामराज रेग्मी, कोमलनाथ बराल र ताराप्रसाद भुसाल खटिनुभएको छ ।

रुपा गाउँपालिकामा सतिमाया तामाङ, मादीमा धना गुरुङ र अन्नपूर्ण गाउँपालिकामा परशुराम रम्तेल अभियानको नेतृत्व गरी खटिनुभएको माओवादी केन्द्रले जनाएको

Himaliawaj

प्रतिक्रिया दिनुहोस्

Array