विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ कार्यक्रम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं,   “सेवा नै धर्म हो”  भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाई तथा संरक्षण कार्यक्रमको सिलसिलामा शनिबार श्री स्वयम्भू महाचैत्य विहार परिसर, स्वयम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको छ ।

   नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी पराजुली कुँवरको नेतृत्वमा उक्त संघका पदाधिकारीहरू, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरू, प्रहरी वृत्त स्वयम्भू, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्‍मीहरूको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । यसअघि विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाई तथा फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array