“१६ वर्षपछि जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ”

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं,  मिति २०६४।०९।०५ गते साँझ २१:३० बजेको समयमा प्रतिवादीहरुले मादक पदार्थ सेवन गरी जिल्ला ललितपुर ठैव गा.वि.स वडा नं.८ लिन्टीकल सेन्टर प्रा.लि.को क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा सम्मानित ललितपुर जिल्ला अदालतबाट निज प्रतिवादी अर्जुन कार्की समेतलाई मुलुकी ऐन,जबरजस्ती करणीको महल वमोजिम ५ (पाँच) बर्ष र सामूहिक  करणी गरेको देखिदा सोहि महल बमोजिम थप ५ (पाँच) बर्ष  कैद सजाय निर्धारण हुने गरी फैसला भएको र निज प्रतिवादीलाई उक्त सजाय वेरुजू रही भागी फरार रहेको अवस्थामा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निजलाई आज मिति २०८०/०६/०८ गते चितवन जिल्ला,भरतपुर नगरपालिका वडा नं.८ गौरीगंजबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागि आजै कारागार कार्यालय चितवन पठाईएको ब्यहोरा सूचित गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array