देउरालीका अध्यक्ष चौलागाईं: बचतकर्ताको पैसा ठगी चौरासी व्यञ्जनमा व्यस्त,रातपरेपछी सुरासुन्दरीमा मस्त ,समाचार लेख्ने पत्रकारलाई धम्की

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ आश्विन २०८०, बिहीबार
4 Min Read
Aa

गाेविन्द चौलागाईं 

काठमाडाैं। ललितपुरको सातदोबाटोमा देउराली सहकारीको केन्द्रीय कार्यलय खोलि ठगी गर्ने उदेश्यले उपत्यकाको ३ ठाउँमा शाखा कार्यलय विस्तार गर्दै करिब २५ हजार साना तथा मझौला व्यावसायीका साथै गरीब मजदुरहरुको देउरालीका अध्यक्ष रवीन्द्र चौलागाईंले करिब १३ अर्व झ्वाम पारेका छन्।

यसरी सहकारीको नाममा दिनदहाडै ठगी धन्दा चलाउँदै आएका काभ्रेपलाञ्चोक जिल्ला चौरी देउराली गाउँपालिका वडा नं.६ बोक्से खाडीटोल स्थायी निवासी हाल ललितपुरको भैंसेपाटीमा दशौं करोड बराबरको आलिसान महल खरिद गरी उक्त महलको नाम पुजा निवास राखी बस्दै आएकोमा स्थानीयले समेत ठग भनेपछि उक्त महलमा ताल्चा लगाई चौलागाईं परिवारै त्यहाँ फरार भई काठमाडौको नारायण थान बस्दै आएको बताईन्छ।

सहकारीका बचतकर्ता गरीबहरु छटपटाई रहँदा यता सहकारी ठगी धन्दाका चतुर खेलाडी रवीन्द्र भने उनै गरिबहरुको रगत पसिनाको कमाईले खानामा चौरासी व्यञ्जन हसुर्ने गरेका उनकै कर्मचारी क्षेत्री बताउँछन्।

क्षेत्री भन्छन् हाम्रो सरहजुरलाई खानामा दैनिक खसीको ह्याकुलो फ्राई,जिब्रो पोलेको,कर्णालीको असला माछा फ्राई ,ललितपुरका एक व्यावसायी एवम् हालका वडा अध्यक्ष सानुराजा भन्ने राज घिमिरेको पोखरीको ट्राउट माछा फ्राई,कडकनाथ कुखुराको सुप,भाले कालिजको सिँउर फ्राई ,चिकेन रोस्ट,बोकाको राज खानी फ्राई ,हुर्राबंदेलको सुकुटी वरिपरि अनि अचारमा थाईल्याण्डबाट झिकाइएको आँपको अचार, बङ्गालादेशको कागतीको अचार, सिङ्गापुरबाट मगाएको माछाको अचार,गोलभेंडाको शुद्ध अचार, तामाको अचार, डल्लेखुर्सानीको अचार, मुख मीठो पार्दै जिब्रो लपार्दै देउरालीका एक कर्मचारी भन्छन् हाम्रो सर हजुरलाई दैनिक खानामा घिउ,दूध,दही,पापड,हरियो खुर्सानी अनि कति हो कति पुजा म्याम साबले टेबुलै भरिदिनु हुन्छ क्षेत्री भन्छन।

अर्का देउरालीका अध्यक्ष चौलागाईं निकट व्यक्तिका अनुसार चौलागाईंले लिने मदिरा अधिकांश विदेशी हुने गर्छ जसको मूल्य एक फुलको २० लाख सम्म पर्ने गर्छ सरले उक्त रक्सी रातभर विभिन्न म्यामहरुलाई खुवाउने खाने गर्नुहुन्छ।

यति मात्रै होइन देउरालीका अध्यक्ष एवम् सहकारी धन्दाका मायुर खेलाडी रवीन्द्र चौलागाईंले प्रभु बैंकका सिईओ विरुद्ध आन्दोलन गर्छु भन्दै देशकै लोकप्रिय मिडियालाई बताएको विषयमा प्रभु बैंकका एक जना तराई मुलका कर्मचारी भन्छन् उनले भने धेरै गरिब जनताहरूलाइ नाङ्गाे बनाएर अब बैंकलाइ सिध्याउन चौलागाईं अगाडी बढेका छन्। तर हामी त्यस्ताे गर्न कुनै पनि हालतमा हुन दिदै नाैं उनले भने।

त्यसै गरि देउराली सहकारीको नाममा अर्वौ ठगि गर्दै आएका ठग चौलागाईंले पत्रकार गोविन्द चौलागाईंलाई समाचार लेखेकै विषयमा सामाजिक सञ्जाल र मान्छे परिचालन गरेर धम्याउन थालेका छन्।

चौलागाईंले उनको सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकार गोविन्दलाई खोजबिन गरि दिन फेसबुक फ्रेन्डहरुलाई समेत आग्रह पनि गरेका छन्।

उनले सामाजिक सञ्जाल मार्फत जारी गरेकाे सुचनाका अनुसार यदि उनका मार्सल आर्टका खेलाडी एवम् चौलागाईंले पालेका पाल्तुहरुले  पत्रकार गोविन्द चौलागाईंलाई भेटेको खण्डमा उनको रगत पिउने निश्चित रहेको चौलागाईंका एक नजिकका विश्वास पात्र क्षेत्रीले बताए।

देउराली सहकारीका कर्मचारी क्षेत्री भन्छन् हाम्रो सर राष्ट्रिय डन हुन काभ्रेको गणेश भन्ने बुवुरो र ललितपुरको मीनकृष्णे भन्ने सुठ्ठोले आफूलाई डन मान्छन् अनि हाम्रौ सरको तलुवा चाटेर पैसा माग्छन्।

क्षेत्रीका अनुसार काभ्रेका चौलागाईंका अगाडि गत चुनावमा मनाङ्गका डन दिपक मनाङ्गे समेत सरकार म के गरु भनेर आँशु झारेपछी चौलागाईंले डन शैलीमा रु ५ करोड करिव ९० किलो पैसाले हिर्काएका थिए।

यस्तो छ देउराली सहकारीका ठग अध्यक्ष चौलागाईंको सुरक्षा : देउराली सहकारीको नाममा ठगी धन्दा चलाउँदै आएका काभ्रेका ठग रवीन्द्र चौलागाईंले गरिब बचतकर्ताहरुको रगत पसिना बाट आर्जित रुपैयाँ‍ जुकाले जस्तै चुसी मस्ती गर्दै आइरहेका छन्।

उनको सुरक्षामा हेर्न डरलाग्दा भिमकाय शरिर भएका,जिउँदै भैंसी बोक्ने मसलदार यमदुत जस्तो देखिने,अझ झट्ट हेर्दा चित्र गुप्ता जस्ता देखिने राता अँखा ,लामा नङ्रा, घोडाको पुच्छर जस्तो कपाल,राँगोको जस्तो अनुहार अनि बोली तेस्तै आमा चकारी बाहेक अरू केही छैन। गरिब जनताकाे पैसामाथि चौलागाईंले यसरी रजाइ गरि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array