दोलखा सुन प्रकरण : थप एक जना चिनियाँ नागरिक पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौ, दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा रहेका छन् । नेपालमा सुन ल्याउन भूमिका खेलेको आरोपमा उनलाई स्वयम्भूबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् । दोलखाबाट फरक(फरक समयमा प्रहरीले ११ किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array