नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै, १२ घण्टाका लागि कर्फ्यु हटाइयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

 नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेबाट लगाइएको कर्फ्यु बिहीबार बिहान ८ बजेबाट १२ घण्टाका लागि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान एक सूचना प्रकाशित गरेर बिहीबार बिहान ८ बजेदेखि राती ८ बजेसम्मका कर्फ्यु हटाइएको जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्जको अवस्था क्रमशः सामान्य बन्दै गएकोले सर्वसाधारणको सहजताका लागि १२ घण्टाका लागि कर्फ्यु हटाइएको जनाउँदै बिहीबार राती ८ बजेदेखि शुक्रवार बिहान ८ बजेसम्म पुनः कर्फ्यु जारी रहने बताउनुभयो ।

उहाँले कर्फ्यु हटाइएको अवधिमा शान्ति सुरक्षालाई ध्यानमा राखेर सभा, बैठक, जुलुस गर्न नपाउनुका साथै कुनै पनि प्रकारको पर्चा टेम्पलेट तथा पोस्टर समेत वितरण गर्न नपाइने र पाँच जना भन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने निर्णय गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले फेरी एक पटक स्थानीय सर्वसाधारणलाई सद्भाव र शान्ति कायम गर्न सबैले आ आफ्नो ठाउँबाट उल्लेख्य भूमिका निर्वाह गरिदिन आग्रह गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण र एक अर्कालाई सम्मान गरिदिन पनि अनुरोध गरेको छ । यसअघि शान्ति सुरक्षामा खलल पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि नेपालगन्जमा कर्फ्यु लगाएको थियो ।

Author

गोरखापत्र अनलाइन

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array