नेपाल त्रिकोणात्मक टि २० आई सिरिजको फाइनलमा प्रवेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ, नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमा समेटियो । हङकङका लागि अंशुमान रथले ४५ रन, एजाज खानले २५ रन, बाबर हयातले २० रन बनाउनुबाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालका लागि करण केसी, सोमपाल कामी, ललित राजवंशीले समान दुई दुई विकेट लिए भने प्रतिश जीसी र दिपेन्द्र सिंह ऐरीको नाममा एक एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको थियाे । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । मल्लले ९२ रन र ऐरीले ५७ रनको योगदान गरे । ओपनर कुशल भुर्तेलले २ रन, आसिफ शेखले २० रन, सोपमाल कामीले ८ रन, कप्तान रोहित पौडेलले ११ रन बनाउँदा सन्दीप जोरा र गुल्सान झाले समान १/१ रन जोडे । हङकङका लागि हारुन अरशद र मोहम्मद गजानफरले दुई/दुई विकेट लिँदा आयुष शुक्ला र एजाज खानले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

Array