प्रधानमन्त्री जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय२८औँ सम्मेलन (कोप २८) मा भाग लिन संयुक्त अरब इमिरेट्सको दुबई प्रस्था

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ ।

कोप–२८ सम्मेलन भोलिदेखि २६ गतेसम्म दुबईमा आयोजना हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलनको उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले आगामी १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरूको एजेण्डा उठाउन ‘हिमालको आह्वान: जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ?’ कार्यक्रम आयोजना गर्नुहुनेछ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ताहरू पनि गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी मङ्सिर १७ गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array