अर्थ मन्त्रालयद्धारा नुवाकोटको गंगटे – लब्धु – समुन्द्रटार – गोल्फु भञ्याङ सडक स्तरोन्नतीका लागि१ अर्ब २० करोडको श्रोत सुनिश्चीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० मंसिर २०८०, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । अर्थ मन्त्रालयले नुवाकोटको गंगटे – लब्धु – समुन्द्रटार – गोल्फु भञ्याङ सडक स्तरोन्नतीका लागि १ अर्ब २० करोडको श्रोत सुनिश्चितता गरेको छ ।
लामो समय देखि अलपत्र रहेको उक्त सडक स्तरोन्नतीका लागि राष्ट्रिय योजना आयोगले श्रोत सहमतीका लागि अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । आयोगको पत्र अनुसार आज अर्थ मन्त्रालयले उक्त रकमको श्रोत सुनिश्चीतता गरेको अर्थ मन्त्रीका पिए उत्तम पाठकले जानकारी दिनुभयो । उक्त आयोजनाको श्रोत सुनिश्चीतता भएपछि अर्थमन्त्री डा. प्रकाश शरण महतका पिए पाठकले फेसबुकमा लेख्नुभएको छ “हामी काम गरीराछौ है । गंगटे – लब्धु – समुन्द्रटार – गोल्फु भञ्याङ सडकमा १ अर्ब २० करोडको श्रोत सुनिश्चितता भएको छ।अब हप्ता दस दिनमा ठेक्काको लागि सुचना निस्कने छ । यस सडकको स्तरउन्नती संगै तादि भेगको आर्थिक बिकासमा कोसेढुङ्गा साबित हुनेकुरामा अर्थमन्त्री डा. प्रकाश शरण महत बिश्वस्त हुनुहुन्छ ।”
अर्थ मन्त्रालयले योजना आयोग मार्फत माग भई आएका अन्य १२ आयोजनाहरुको समेत श्रोत सुनिश्चीतता गरेको छ ।

May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस्

Array