सेक्युरेटी प्रिन्टिङ–प्रेस, एमडिएमएस, टेरामक्सलगायतका प्रकरणमा व्यापक भ्रष्टाचार भएको अभियन्ताहरुको दाबी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ पुष २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं,  डाक्टर निकोलस भुसालले सेक्युरेटी प्रिन्टिङ–प्रेस, मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेरामक्समा व्यापक घोटला भएको सनसनीपूर्ण टिप्पणी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारमा रहेका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी गरे । टेरामक्स खरिद–पक्रियालाई सर्वोच्च अदालतले कानुनसम्मत् रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउनु भनेर आदेश दिएको आवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसलाई रोक्न चाहिरहेको उनले बताए ।
‘टेरामक्स जोडिनेवित्तिकै कलको मोनिटर हुनेभयो । सबै कुरा मोनिटर हुने भएर यसलाई चल्न दिइएको छैन । टेरामक्सको मेसिन आइसकेको छ,’–उनले भने । सेक्युरेटी–प्रिन्टिङ प्रेसका लागिसमेत ४ अर्ब बुझाइसकिएको उनले बताए । प्रिन्टिङ प्रेस नेपालमा ल्याएर राखिएको र काम चाहीँ विदेशका अन्य कम्पनीलाई दिइराखिएको उनले बताए । सेक्युरेटी प्रिन्टिङ प्रेस र एमडिएमएसमा जनताको पैसा व्यापक दुरूपयोग भएको उनको दाबी छ । ईन्जिनियर सञ्जोग नेपालीले नेपालका लागि सेक्युरेटी–प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएस आवश्यक रहेको उनले बताए । प्राइभेसीका हिसाबले सेक्युरेटी–प्रिन्टिङ प्रेस अत्यावश्यक रहेको उनले बताए । एमडिएमएसमार्फत फोनहरुलाई कन्ट्रोलन नगरे विभिन्न अपराधहरुले बढावा पाउने उनको दाबी छ । टेरामक्स टेलिकम्युनिकेशनका लागि एकदमै आवश्यक रहेको बताए । पारदर्शिता, राजश्व र कल डिटिएल, नेटवर्किङ मनिटरिङ लगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको बताए ।  युवा वैज्ञानिक कपिल पौडेल, अभियन्ता एस.के. तिमिल्सिना, डा.सागर ढकाललगायतले सेक्युरेटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएसको आवश्यकत्ताबारे प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array