बास्केटबलमा लालीगुराँस सेमिफाइनलमा हिमश्मिलाई फुटबल उपाधि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं, लालीगुराँस नेसनल एकेडेमी सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले विभूतिलाई ३१–१४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । लालीगुराँसका सुजन मगरले ८ अंक जोडे । डाँडागाउँस्थित हिमरश्मि स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमै पुष्पकुञ्ज, सेब, हिमरश्मि, एन्जल्स हार्ट, न्युटन र प्रगतिले क्वाटरफाइनल यात्रा तय गरे । प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ब्वाइजमा १३ तथा गल्र्समा १० टिमको सहभागिता रहेको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । महोत्सवमा विभिन्न ५ खेल फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्स समावेश छन् । महोत्सवको औपचारिक उद्घाटन भने आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । ओप्स खेलकुद महोत्सवअन्तर्गत गल्र्स फुटबलको उपाधि हिमरश्मिले जितेको छ । तुसाल फुटबल मैदानमा भएको फाइनलमा हिमरश्मिले कौशललाई १–० गोलले पराजित ग¥यो । हिमरश्मिकी नम्रता गौतमले निर्णायक गोल गरिन् । छात्रा फुटबलमा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

Array