नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघद्वारा ‘स्पोर्टस एक्स्पो’ आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ माघ २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले ‘नेपाल स्पोर्टस एक्स्पो–२०२४’ आयोजना गर्ने भएको छ ।  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर स्पोर्टस एक्स्पोबारे जानकारी गराइएको हो । आगामी २०८१ असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँको वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा स्पोर्टस एक्स्पो आयोजना गरिएको बताइएको छ ।
महासंघले खेलकुद सामाग्रीबिना शैक्षिक सामाग्री अपुरो र अधुरो हुने कुरालाई मनन गर्दै स्पोर्टस एक्स्पो आयोजना गरिएको बताएको छ । एक्सपोमा नेपाल, भारत लगायत अन्य देशहरुका समेत गरी एक सय वटा खेलकुद सामाग्रीका उत्पादक कम्पनीका स्टल रहने छन् । उत्पादक कम्पनीहरुको उपस्थितिमा हुने कार्यक्रममा देशभरबाट आयातकर्ता, वितरक, खुद्रा विक्रेता र उपभोक्ता एवं यसमा चासो राख्ने सर्वसाधारण गरी करिब पाँच हजार जनाको उपस्थिति रहने अपेक्षा गरिएको महासंघले बताएको छ । स्पोर्टस एक्स्पोबाट शिक्षण सिकाइमा आवश्यक शैक्षिक सामग्री तथा खेलकुद सामाग्रीको आयात, प्रयोग र उपभोगमा सहजता ल्याउने अपेक्षासमेत गरिएको छ ।
महासंघले गुणस्तरीय शिक्षाका लागि पाठ्युपस्तक, कापी, कलममात्र शैक्षिक सामग्री नभई खेलकुद र खेलकुद सामाग्रीहरुको पनि अपरिहार्यतालाई मनन् गरेर एक्पो आयोजना गरिएको बताएको छ । कार्यक्रममा महासंघका अध्यक्ष सञ्जय कुमार चौधरी, महासचिव शिवसागर शर्मा, विक्रम गोयल, नितिन महर्जनलगायतको उपस्थिति रहेको थियो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ नेपाल देशभर फैलिएर पुस्तक, मसलन्द, स्टेसनरी तथा स्पोर्टस्जस्ता शैक्षिक सामग्रीहरूको कारोवारमा संलग्न व्यवसायीहरूको छाता सङ्गठन हो ।

प्रतिक्रिया दिनुहोस्

Array