तारकेश्वरको प्राइम किड्स मन्टेश्वरीले फागुन १९ गते बार्षिकोत्सब मनाउँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ फाल्गुन २०८०, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वरको मन्टेश्वरी शिक्षामा विशिष्ट पहिचान बनाउन सफल तारकेश्वर नगरपालिका वडा नं ८ गैरीगाँउ स्थीत प्राइम किड्स मन्टेश्वरीले भव्य कार्यक्रमको आयोजना गरी ८ औं बार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ ।
यहि फागुन १९ गते शनिबार विद्यालयको प्राङगणमा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) लगायतको बिभिन्न ख्यातीप्राप्त व्यक्तित्वहरुको उपस्थीतिमा कार्यक्रम आयोजना गरिएको प्राइम किड्स मन्टेश्वरीका अध्यक्ष बिनोद देवकोटाले बताउनुभयो ।

No photo description available.
कार्यक्रममा विद्यार्थीहरुको विविध सांस्कृतिक प्रस्तुतिका साथै ख्यातिप्राप्त कलाकारहरुले समेत प्रस्तुति रहेको देवकोटाले बताउनुभयो ।
८ बर्ष अगाडी स्थापना भएको यस स्कुलले घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकासमा सहयोग गरिरहेको विद्यालयका प्रधानाध्यापक रमेश श्रेष्ठले बताउनुभयो ।
शान्त र रमणीय बातावरणमा रहेको यस विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । दक्ष र अनुभबी २१ शिक्षिकाहरुले बालबालिकाहरूलाई स्वस्थ्य तथा सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहनुभएको छ ।
हरेक महिनाको खाना तथा खाजाको मेनु मौसम सुहाँउदो तथा बालबालिकाहरूको रुचिअनुरूप तयार गरी बालबालिहरूलाई पौष्टीक खाना समेत खुवाँउदै आइरहेको छ ।
मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पु¥याउँछ । बालबालिकाको रुचि र चाहना अनुसार पढाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट पढाइ हुने गरिने भएका कारण अहिले मन्टेश्वरी किन्डरगार्टेनप्रति अभिभावकको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

Array