वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीबाट पद बहाली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । विशेष अदालत, बबरमहल, काठमाण्डौंको च.नं.४८३४, मिति २०८०।११।१७ गतेको पत्र बमोजिम विशेष अदालतको मिति २०८०।११।१६ गतेको फैसलाबाट प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीज्यूले सफाई पाई आज मिति २०८०।११।१७ गतेदेखि प्रतिष्ठानमा हाजिर भई पद बहाल गर्नु भएको छ । वहा“ले पद बहाल गर्दै गर्दा प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक, डीनहरु, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, कर्मचारीहरु लगायत विद्यार्थीहरुले फुलमाला, खादा तथा पुष्प गृुच्छाले स्वागत गरेका थिए । यस अघि का.मु. उपकुलपतिको जिम्मेवारी सम्हाल्नु भएका प्रा.डा.प्रहलाद कार्कीज्यूले आज मिति २०८०।११।१७ गते विज्ञप्ती मार्फत आफु विगत ८ महिनादेखि का.मु. उपकुलपतिको रुपमा सेवारत रह“दा वहा“लाई सहयोग गर्ने र सद्भाव राख्ने प्रतिष्ठान परिवारका सदस्यहरु, नागरिक समाज राजनैतिक दल, पत्रकार, नेपाल सरकारका विभिन्न निकायहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ । साथै, वहा“लाई का.मु. उपकुलपतिको जिम्मेवारी प्रदान गरेकोमा प्रतिष्ठानका सहकुलपति तथा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रति हार्दिक आभार समेत व्यक्त गर्नु भएकोछ । वहा“ले आप्mनो विज्ञप्तीमा सम्मानित विशेष अदालतबाट सफाई पाएर उपकुलपति पदमा पुनः स्थापित हुनुभएका डा.ज्ञानेन्द्र गिरीज्यूलाई बधाई ज्ञापन गर्दै वहा“को सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।
सोही सन्दर्भमा वहा“ले प्रतिष्ठानको उतरोत्तर प्रगतीको कामना गर्दै पुनः सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array