द्वन्द्वग्रस्त मुलुकमा नेपालीहरू सेनामा भर्ना हुने कार्य रोक्न कानुनी प्रक्रिया जारी : मन्त्री खड्का

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाली सेना लगायतका सुरक्षा निकायलाई आवश्यक पोसाक तथा बन्दोबस्तीका सामान ठुलो मात्रामा आयत गरिरहनु परेकाले यसमा आत्मनिर्भर हुन सके बढ्दो व्यापार घाटा कम गर्न सकिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शुन्य र विशेष समयमा उठाउनुभएको विषयमा उपप्रधान एवं रक्षा मन्त्री खड्काले जवाफ दिनुहुँदै सैनिक कल्याणकारी कोषबाट लगानी गरी हेटौँडा कपडा उद्योगबाट उत्पादन गर्न अध्ययन अनुसन्धान भएपनि ठोस निर्णयमा पुग्न नसकिएको बताउनुभयो ।

मन्त्री खड्काले द्वन्द्वग्रस्त मुलुकमा नेपालीहरू सेनामा भर्ना हुने कार्य रोक्न कानुनी प्रक्रिया अगाडि बढाइएको र हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई मुक्त गराउन कूटनीतिक प्रयास जारी रहेको बताउनुभयो । बैठकमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले निर्वाचन क्षेत्र विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्याङ्कन प्रतिवेदन २०८० पेश गर्नुभयो । यसैगरी, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन २०८० पेश गर्नुभयो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५को दफा १९ को कार्यान्वयन  मापन प्रतिवेदन २०८० पेश गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array