नवनियुक्त मन्त्रीहरूको आजै साँझ पौने ६ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ फाल्गुन २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौँ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । नवनियुक्त मन्त्रीहरूको आजै साँझ पौने ६ः०० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुँदैछ । नेपाली काँग्रेससहितको सत्ता गठबन्धन तोडेर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनाउनुभएका प्रधानमन्त्री प्रचण्डले सोमबार तीन जनालाई विना विभागीय मन्त्री नियुक्त गरिसक्नुभएको छ । आज विस्तार हुने मन्त्रीपरिषद्मा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलका तर्फबाट सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array