नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा नयाँ सत्ता समीकरण बनेसँगै संसदमा खेल्नुपर्ने भूमिका र विश्वासको मत लिने सन्दर्भमा पनि छलफल हुने बताइएको छ । यही फागुन २१ गते नयाँ समीकरण बनेसँगै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइसकेको छ । समय लम्बिँदै जाँदा सरकारविरुद्ध चलखेल बढ्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल जतिसक्दो चाँडो विश्वासको मत लिने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array