तारकेश्वर वडा नं १० मा विश्व हिन्दु महासंघको वडा कार्यसमिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ चैत्र २०८०, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । विश्व हिन्दु महासंघको तारकेश्वर नगरपालिकामा पहिलो वडा कार्यसमितिको रुपमा वडा न १० मा आज नयाँ कार्यसमिति घोषणा गरिएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीको उपस्थीतिमा तारकेश्वर १० मा आज आजोजित विशेष कार्यक्रममा केदार प्रसाद रिजालको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ । जस अनुसार उपाध्यक्षमा शिवप्रसाद अर्याल, सचिबमा चन्द्रप्रसाद अधिकारी, कोषाध्यक्षमा करुणा शर्मा वाग्ले, सदस्यहरुमा गहेन्द्र प्रसाद अधिकारी, जगन्नाथ आचार्य, विमला रिजाल, बोधराज अधिकारी, पशुपति पाण्डे र मदपत्ती न्यौपाने चयन गरिएको छ । महासंघको वडा समितिको सल्लाहकारमा रामेश्वर पौडेल चयन भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गदै विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारलिे बेर्धर्मीहरुले झुक्याएर नेपाललाई धर्मनिरेक्षता घोषणागर्दा मुलुक समस्यामा फसेको बताउनुभयो ।
नेपालमा धर्मनिरपेक्षता घोषणा गर्ने बारेमा कुनै राजनैतिक पार्टीमा छलफल समेत नभएको र मन्त्रीपरिषदबाट समेत धर्मनिरपेक्षता घोषणा बारेमा निर्णय नभएको बताँउदै पुन हिन्दु राष्ट्र कायम हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “धर्मनिरपेक्ष संविधान ल्याउने भनेर कुनै पनि पार्टीमा छलफलनै भएको थिएन, मन्त्री परिषदमा समेत न छलफल भयो न निर्णयनै, एकै चोटी रातीको १२ बजे सवै सभासद निदाएको बेलामा धर्मनिरपेक्ष भयो भनियो, निन्द्राको तालमा ताली बज्यो, विहान उठदामा विश्वको एक मात्र हिन्दुराष्ट्र नेपालको पहिचान मेटीयो”
भारतमा मोदी र आदीत्य नाथले भनेको जस्तो कटर हिन्दु राष्ट्र नेपालमा ल्याउन नचाहेको बताँउदै अध्यक्ष अधिकारलिे नेपालमा सनातनबादी बिन्दुराष्ट्रको एउटा व्यानरमा मात्र चाहेको बताउनुभयो ।
सनातन धर्म मान्नेहरुलेनै यो देशलाई जोगाएको बताँउदै अधिकारीले हिन्दु धर्मको बिरोधी भनेको देश बिरोधी रहेको बताउनुभयो ।
अध्यक्ष अधिकारीले भन्नुभयो “कृश्चीयनले भेटिकन सिटीलाई पुण्ड भुमि मान्छन्, मुस्लीमहरुले पनि मक्का मदिनालाई मान्छन्, उनिहरुले लुम्बीनि, पशुपतिनाथ र मुक्तिनाथलाई धर्मको पुण्डभुमि मान्दैनन्, त्यसैले धार्मिक भाबनासंग राष्ट्रिय भावना जोडिएको हुनाले सनातन हिन्दुराष्ट्र कम्जोर भयो भने यो राष्ट्र कम्जोर हुन्छ, राष्ट्रियता कम्जोर हुन्छ”

May be an image of 5 people and text
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले आफु किराँत धर्म मान्ने धर्मावलम्बी भएपनि हिन्दु राष्ट्र बन्न सके मात्र नेपालको पहिचान स्थापीत हुने पक्षमा रहेको बताउनुभयो ।
नेपालमा हिन्दु धर्म सनातन धर्म रहेको बताँउदै अध्यक्ष राईले हिन्दु धर्मले सबै धर्मलाई समेटेको बताउनुभयो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रविण घिमिरेले ८१ प्रतिशत हिन्दुहरुको बसोबास रहेको नेपालमा पश्चीमा देशको चलखेलमा नेताहरुले हिन्दुराष्ट्रको पहिचान मेटेको बताउनुभयो ।
उहाँले भन्नुभयो “विश्वका ७१ देश कृश्चीयन मुलुक छन्, ५ वटा मुश्लीम र १२ वटा बौद्ध धर्मको देश हुंदामा विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको पहिचान किन मेटन खोजीयो ? अब हामी पहिचानका लागि भएपनि नेपाललाई हिन्दुराष्ट्र बनाउनको लागि एक जुट हुनुपर्दछ”
विश्व हिन्दु महासंघको केन्द्रीय सदस्य चन्द्र मणि अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सदस्य गोविन्द तिमिल्सीना, विद्धान व्यक्तित्व डा. प्रदिपचन्द्र गौतम, उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सीना, वडाका जनप्रतिनिधिहरु, धार्मिक व्यक्तित्वहरु सहितको उपस्थीति रहेको थियो ।

fdsgf

May be an image of 13 people, people smiling, hospital and text

May be an image of 6 people, people studying and text

May be an image of 10 people and text

fgfg

May be an image of 4 people and text

May be an image of 2 people, hospital and text

May be an image of 9 people

grg

May be an image of 7 people

May be an image of 4 people, people smiling and hospital

May be an image of 5 people and text

May be an image of 3 people and text that says 'ISERD प्रमाण'

May be an image of 3 people, dais and text

May be an image of 2 people and text

May be an image of 5 people, dais and text

May be an image of 5 people and dais

May be an image of 4 people, dais, hospital and text

dfdf

प्रतिक्रिया दिनुहोस्

Array