तारकेश्वर नगरपालिका २ थुम्कीबाट हराइरहेका बृद्ध अझै भेटिएनन, खोजी कार्यमा सहयोग गरिदिन परिवारद्धारा चायना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ चैत्र २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीको थुम्की घर भएका ७१ बर्षिय बृद्ध गोपाल अधिकारी हिजो देखि बेपत्ता हुनुभएको छ ।
उहाँका छोरा राजन अधिकारीले चैत्र १५ गते साँझ ४.३० बजे तिर घरबाट निस्कनु भएका बद्ध बुबा अझै नभेटीएकाले खोजीका लागि प्रहरीमा निवेदन समेत दिनुभएको छ । अल्जाइमर (बिर्सने रोग) का बिरामी बृद्ध अधिकारीले जनकपुर जान्छु भन्दै निस्कीएको बताइएको छ । बृद्ध अधिकारीसंग गाडी चढने पैसा समेत नभएको बताँउदै उहाँको खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गर्नुभएको छ । उहाँलाई भेटनु र देख्नु हुने महानुभावहरुले तल निवेदनमा उल्लेख गरिएको मोवाइलमा सम्पर्क गरेर परिवारलाई खबर गरिदिनुहुन हामी आग्रह गर्दछौं ।

मानिस हराएको सुचना!!!
तार्केश्वोर नगरपालिका (काठमाडौ) वडा नम्बर २ काभ्रेस्थलि थुम्की घर भए को कालो नर्थफेस ज्याकेट, टाउको मा निलो उनको टोपी, खुट्टामा निलो ट्राउजर र गोल्ड स्टार जुत्ता लगाएको बर्ष ७० को गोपाल अधिकारी नाम गरेको वृद्ध मानिस यहि मिति २०८० चैत्र १५ गते तार्केश्वोर नगरपालिका वडा नम्बर १ साङ्ला चोक देखि सम्पर्क बिहिन भएको हुदा देख्नु हुने सबै ले नजिक को प्रहरी चौकी अथवा सम्पर्क नम्बर ९८४९३६६८८४, ९८५१२०८२७४,९८४१५७९४७८ मा खबर गरिदिन सम्बन्धीत सबै मा जानकारी गराउद्छौ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array