मनमैजु अजिमा जात्राको आज दोश्रो दिन के–के हुंदैछ जात्रामा ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ बैशाख २०८१, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिकाको धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती मनमैजुमा रहेको मन्दिरमा एतिहासिक मनमैजु अजिमा (इन्द्रायणी अजिमा) जात्रा सुरु भएको छ ।
जात्राको पहिलो दिन चैत्र शुक्ल चतुर्दशीका दिन तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याइ लिंगोका रुपमा मन्दिर अगाडि ठड्याइ अजिमाको जात्रा भएको छ । हिजो बैशाख १० गते सुरु भएर १४ गते सम्म विविध तरिकाले मनमैँजुको पूजाआजा गरि जात्रा चल्नेछ । जात्राको क्रममा मनमैजु अजिमालाई खटमा विराजमान गराई टोल टोलमा लगेर स्थानियहरुको पूजा लिने गरिन्छ । पूजामा अलिबलि सहित पूजागरी सिन्दूर जात्रा गर्दै नगर घुमाईन्छ । जात्राको पाँच दिनमध्ये तीन दिन खटजात्रा, एक दिन मनमैजु देवीको मन्दिरमा पूजाआजा र एक दिन भजनकीर्तन गरी मनाइने छ । जात्राको पाँचौ दिन बैशाख १४ गते लिङ्गो ढालेर जात्रा समाप्त गरि देवीलाई विधिवत लसकुस पूजा गरी भित्र्याइन्छ । जात्राकै क्रममा चौथो दिन बैशाख १३ गते मनमैजु मन्दीर परिसरमा कन्सर्ट समेत हुंदैछ । मनमैजु युवा समुहले आयोजना गरेको कन्सर्टमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दमदार प्रस्तुती हुने संस्थाका अध्यक्ष हिरा महर्जनले बताउनुभयो । मनमैजु युवा समुहले कन्सर्टमा सहभागी हुन सबैलाई आमन्त्रण गरेको छ ।

May be an image of ‎7 people, flute and ‎text that says '‎मनमैजु युवा समूहुको ه ETS 生か حگء TAT- MENTE 99 औं बृहत सांस्कृतिक तथा कनसर्ट कार्यक्रम 709 25 APR Neesha Deshar ១ទ្ तेशाख Roj Man Maharjan DjDavidRoshan Roshan DjDavio Niva dangol MINUS MINUS(RAPPER) (RAPPER) SPECIA PERFORMANCEBY ANUPR STHA Ravirimal Ravi THE THEASTRABAND ASTRA BAND मिति ၃၀9 वेशास 93 जते बिहीबार समय बिलान ११ब बजे देस स्थान ता.न.पा-०१ काठमाड (अशिमा मनिदिरळो प्रार्ुणमा) PROGRAM HOST PROGRAMHOST HOST PROGRA PROGRAM HOST Sponsored by: SANGHARSHA BAND Sound partner: Media partner सजरनच्चा‎'‎‎
मनमैजु जात्राको आज दोश्रो दिन बिभिन्न धार्मिक गतिविधिहरु हुनेछन् । मनमैजु देवताघरमा आज विहानै पुजाआज गरिएको छ भने दिउँसो मनमैजु मन्दीर परिसरमा यहाँका दुधे बालकहरुलाई मरोजा (भात) खुवाउने कार्यक्रम पनि रहेको छ । आज दिउँसो मनमैजु क्षेत्रमा जात्रामा आउनेहरुलाई बिभिन्न गुठीयारहरुले साखतिः(सख्खर पानी) खुवाउने छन् ।
जात्रा चलिरहंदा मनमैजु क्षेत्रमा गरिएको सजिसजावटले त्यस क्षेत्र बधु जस्तै सिंगारिएको छ । मनमैजु जात्रालाई भव्यताका साथ सम्पन्न गराउनका लागि तारकेश्वर नगरपालिका तथा वडा नं ९ र १० ले समेत आर्थिक सहयोग गरेको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले मनमैजु जात्रा त्यस क्षेत्रका स्थानीयहरुको मात्र पर्व नभएर काठमाण्डौंकै एतिहाँसीक धार्मीक महत्व बोकेको जात्रा रहेको बताँउदै जात्रामा सहभागी भएर पुण्डय कमाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array