उडन लागेको तारा एयरको बिमानमा ठोकिएर बिमान स्थलका प्रमुख घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं । उडन लागेको बिमानमा ठोकिएर बिमान स्थलका प्रमुख घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार मुगुको ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । सीता एयरको जहाजमा ठोक्किएर घाइट्टे भएका उनलाई सोही जहाजबाट उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ताल्चा कार्यालय स्रोतका अनुसार पाइलटले बोलाएपछि जहाज नजिकै जाँदा उनी चिप्लिएर लडेको पाइएको छ ।
जहाज स्टार्ट गर्ने समयमा पाइलटले जहाज नजिक स्टेशन प्रमुखलाई बोलाउँदा सो घटना भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array