बाग्मती प्रदेशमा जनमुखी बजेट ल्याउन मन्त्री थपलिया छलफलमा, काठमाण्डौंमा अर्थशास्त्री र सरोकारवालाले दिए यस्तो सुझाब

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० जेष्ठ २०८१, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक बर्ष २०८१।०८२ को बजेटका सन्दर्भमा काठमाण्डौंमा छलफल गरेको छ ।
बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको अग्रसरतामा काठमाण्डौंको गोदावरीमा बुधबार आयोजना गरिएको कार्यक्रममा पुर्व अर्थमन्त्रीहरु, अर्थशास्त्री सहित सरोकारवालाहरुको उपस्थीति रहेको थियो । छलफल कार्यक्रममा उनिहरुले देशको वर्तमान अवस्थालाई मध्यनजर गदै जनमुखी बजेट ल्याउन सुझाब दिएका थिए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बन्दीका कारण देश संकट तर्फ धकेलीरहेको बताँउदै उत्पादनमुखी बजेट ल्याउन बाग्मती प्रदेश सरकारलाई सुझाब दिए ।
केन्द्र र प्रदेश सरकारका बजेटका शिर्षकहरु दोहोरीदा कतिपय महत्वपुर्ण कार्यक्रमहरु ओझेलमा परेको बताँउदै बजेट पुर्व अर्थमन्त्री खतिवडाले प्रदेशभरि विकासमा एकरूपता ल्याउन स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने बताउनुभयो ।
कृषि आयोजनामा महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाका लागि फरक मापदण्ड बनाउनुपर्ने बताँउदै खतिवडाले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाब दिनुभयो ।


पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाग्मती प्रदेशमा पर्यटन र कृषि क्षेत्रमा अपार सम्भाबना रहेको बताँउदै त्यस क्षेत्रमा बजेट केन्द्रीत हुनुपर्ने बताउनुभयो । अनुत्पादक क्षेत्रमा बजेट घटाउनुपर्ने सुझाब दिंदै पूर्व अर्थमन्त्री पाण्डेले दुग्ध क्षेत्रलाई उद्योगसँग जोड्न र पर्यटन क्षेत्रलाई आकर्षक बनाउने खालका कार्यक्रम ल्याउन सुझाब दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य एवम् बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. खिमलाल देवकोटाले प्राथमीकताको आधारमा बजेटको सिमा निर्धारण गरेर बजेट ल्याउन सुझाब दिनुभयो ।
त्यस्तै, बाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पुर्वाधार, कृषि र पर्यटनलाई केन्द्रमा राखेर बजेट ल्याउनु पर्ने बताँउदै सन्तुलीत बजेट ल्याउन सुझाब दिए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री कैलास ढुङ्गेलले कृषि, पर्यटन र विद्युत् क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले छलफलमा आएका रचनात्मक सुझाबहरुका आधारमा बजेट कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो “आजको कार्यक्रममा निकै महत्वपुर्ण सझाबहरु आएका छन्, यि सुझाबहरुलाई समेत मध्यनजर गरेर बजेट ल्याउने प्रयत्न गर्ने छौं”

No description available.
बाग्मती प्रदेशको दोश्रो कार्यकालका लागि बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएका थपलियाले प्रभावकारी बजेट ल्याउनका लागि छलफल कार्यक्रम राख्नुभएको हो । यस अघि मन्त्रालयले सार्वजनीक सुचना प्रकाशन गदै बजेट कार्यक्रमका निम्ती सुझाब दिन आग्रह गरेको थियो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष डा. नरविक्रम थापा, सदस्य डा. दीपेन्द्र श्रेष्ठ, प्रदीपकुमार मैनाली, नीलम ताम्रकार, पूर्व उपाध्यक्ष डा. कृष्ण पन्त, डा.होमनाथ चालिसे, डा. जगत बस्नेत, पूर्व कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत, पूर्व सदस्य प्रह्लाद लामिछाने, यमुना कँडेल, मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली लगायत सहभागी थिए।

No description available.

No description available.

fgfg

प्रतिक्रिया दिनुहोस्

Array