काठमाडौं उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ अव्यवस्थित घरधुरी बसोबास

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa
Screenshot

काठमाडौं, काठमाडौं उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ घरधुरी अव्यवस्थित बसोबास रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार बागमती, विष्णुमती, कागेश्वरी मनोहरा लगायत नदी किनारमा अव्यवस्थित बस्ती छ । प्रतिवेदनले उपत्यकाभित्रका नदी किनारमा अव्यवस्थित बसोबास गर्दा तटबन्धलगायतका काममा समस्या देखिएको औँल्याएको छ । ‘बागमती नदीको सिनामंगल, थपाथली एवं अन्य सहायक नदीको आसपासमा जग्गा अतिक्रमण हुँदा करिडोर तथा तटबन्ध निर्माण कार्य अगाडि बढ्न सकेको छैन’, प्रतिवेदनमा भनिएको छ । यस्तै बागमती सभ्यता तथा नदी किनारा समेतको उचित संरक्षण र विकासका लागि नदीको दायाँ,बायाँ, ढल र करिडोर सडक तथा किनारामा सौन्दर्यीकरणका लागि पार्क निर्माण, सार्वजनिक जग्गा संरक्षण, तटबन्ध निर्माण र सरसफाइ लगायतका कार्यको जिम्मेवारी पाएको बागमती सभ्यता एकीकृत विकास समितिको कार्यमा प्रभावकारी नभएको प्रतिवेदनले उल्लेख गरेको हो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array