रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको वडा नं ९ मनमैजु पुरानो बस्ती गणेशथान देखि मनमैजु मन्दिर सम्मको बाटो मर्मत हुने भएको छ । तारकेश्वर नगरपालिका वडा नं ९ ले आज सूचना प्रकाशन गरी यही चैत्र २४ गते देखि बाटो मर्मतको काम सुरु हुन लागेकाले बैकल्पीक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।
वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनद्धारा हस्ताक्षरीत सूचनामा मर्मत अवधीभर बैकल्पिक बाटो प्रयोग गरिदिनुहुन र सोही रुटमा चल्ने माइक्रो बसको रुट परिवर्तन भई मनमैजु मन्दिर पछाडी देखि ठुलो ईनार, बाक्चापाखा, शुभकामनाचोक, लोकतान्त्रीक चोक, गोंगबु हुंदै रत्नपार्क चल्ने व्यवस्था गरिएको हुंदा सोही अनुसारको यात्रा तय गर्नका निम्ती वडाबासीहरुलाई आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्