तारकेश्वरको योगलाई विश्वसामु चिनाएका रोजमेरीका खेलाडी र प्रशिक्षकलाई बिमानस्थलमा भव्य स्वागत

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८१, बिहीबार
4 Min Read
Aa

स्थानीयबासीको उपस्थीतिमा बाजागाजा सहित मनमैजु परिक्रमा गरियो

रबिन थपलिया । काठमाण्डौं । मलेसियामा सम्पन्न १६ औं विश्व योगासन खेलकुद च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण र रजत पदक बिजेता रोजमेरी आईडल बोडिङ स्कुल तारकेश्वर ९ का खेलाडी र प्रशिक्षकहरु स्वदेश र्फकिएका छन् ।
वुधबार स्वदेश र्फकिएका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई त्रिभुबन बिमानस्थलमा विद्यालय परिवार तथा योगका अभियन्ताहरुले भव्य स्वागत तथा अभिनन्दन गर्नुभएको छ । नेपाल र्फकिएका खेलाडी तथा प्रशिक्षकहरुलाई रोजमेरी आईडलका अध्यक्ष सुरज महर्जन, प्रधानाध्यापक दुर्गा प्रसाद दाहाल, योग तथा खेलकुद संघ बाग्मती प्रदेशका सदस्य चन्द्र सापकोटा, नेपाल योग तथा खेलकुंद संघ तारकेश्वरका अध्यक्ष रामकुमार ढकाल, विद्यालयका शिक्षकहरु, अविभावकहरु लगायतले खेलाडीहरु र प्रशिक्षकहरुलाई भव्य स्वागत गर्नुभएको हो ।
बिमानस्थलमा सगरमाथा पोष्टसंग प्रतिकृया दिंदै रोजमेरी आईडलका अध्यक्ष सुरज महर्जनले विद्यार्थीको सफलताले विद्यालय परिवार उत्साहीत बनेको बताँउदै पदक बिजेता खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद दाहालले विद्यालयका दुवै खेलाडीहरुको समर्पण र सीप साँच्चीकै चम्कीएको बताँउदै उनिहरुको अविश्वसनीय उपलव्धीमा विद्यालय गर्व गरेको बताउनुभयो ।
नेपाल योग तथा खेलकुंद संघ तारकेश्वरका अध्यक्ष रामकुमार ढकालले तारकेश्वरबाट प्रतिनिधित्व गरेर विश्व योग प्रतियोगितामा रोजमेरीका खेलाडीहरुले देशलाईनै चिनाएकोमा गर्व लागेको बताउनुभयो ।
तारकेश्वरका नगरप्रमुख सहितका जनप्रतिनिधिहरुको योग प्रतिको धारण सकारात्मक रहेका कारण आज नगर योगमय बनेको बताँउदै ढकालले उहाँहरुकै हौसलाको कारण रोजमेरीका विद्यार्थीले विश्वभर योगको सन्देश दिन सफल भएको बताउनुभयो ।
नेपाल योग तथा खेलकुंद संघ बाग्मती प्रदेशका सदस्य चन्द्र सापकोटाले रोजमेरीका विद्यार्थीको सफलताले तारकेश्वरको योग क्षेत्रमा शिर ठाडो बनेको बताउनुभयो ।
रोजमेरी आईडलका योग प्रशिक्षक राजेश न्यौपानेले प्रतियोगिताबाट प्राप्त सफलताले एकदमै खुसी लागेको बताँउदै अझ मेहनतका साथ अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
१६ औं विश्व योगासना प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडी प्रत्यूसा खतीवडाले प्रतियोगिताबाट पदकसंगै धेरै कुराहरु सिकेको बताँउदै आगामी खेलमा अझ जिम्मेवार बनेर सहभागीता जनाउने बताउनुभयो ।
प्रत्यूसाकी आमा निर्मला खतिवडाले विद्यालय परिवार, योगा प्रशिक्षक र नगरप्रमुख कृष्ण हरि महर्जनको हौसलाका कारण छोरीले विजेता बन्न सफल रहेको बताँउदै यो सफलतामा आफ्नो परिवार र विद्यालयको मात्र नभएर देशको सफलता रहेको बताउनुभयो ।
प्रतियोगितामा रजत पदक बिजेता अमितका बुबा ओम प्रकाश पट्टेलले बाग्लुङको दुर्गम गाँउबाट निकै संघर्ष गरेर काठमाण्डौं आएको स्मरण गदै छोराको सफलताले बिगतको पिडाबाट उत्साह थपेको बताउनुभयो ।
१२ देखि १४ बर्ष उमेर समूहका वालिकाहरुमा रोजमेरी आईडल बोडिङ स्कुलकी छात्रा प्रत्युषा खतिवडा प्रथम भएकी छन् । अन्तराष्ट्रिय योग खेलकुद महासंघको आयोजनामा मलेसियाको साइबरजया स्थित लिम्कोकविङ विश्वविद्यालयमा भएको प्रतियोगितामा नेपाल सहित ४० देशका खेलाडी विद्यार्थीहरुको सहभागीता रहेको थियो । तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गदै प्रतियोगितामा सहभागी भएकी प्रत्यूसाले १२ देखि १४ बर्ष उमेर समूहमा मलेसीयाकी खेलाडीलाई पछि पादै प्रथम बनेकी हुन । यस उमेर समुहमा द्धितिय मलेसीयाकी खेलाडी भादीभेलेन ऋषिचा र तेश्रो भारतकी जया यारधीनी बिजेता बने ।
त्यस्तै प्रतियोगिताको ९ देखि ११ बर्ष उमेर समुहमा रोजमेरीकै छात्र अमित पट्टेल द्धितिय बनेका छन् । यस उमेर समुहमा नेपालकै प्रयासजंघ चौहान प्रथम भए भने नेपालकै किरण मगर तेस्रो बने । प्रतियोगितामा प्रथम बनेकी खतिवडा तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ स्थित रोजमेरी आईडल बोडिङ स्कुलमा कक्षा ७ र पट्टेल कक्षा ५ मा अध्ययनरत रहेको छन् ।
प्रतियोगितामा बिजेता खेलाडीलाई लोकतान्त्रीक चोकबाट बाजागाजा सहित मनमैजु परिक्रमा गरी विद्यालयमा भव्य स्वागत गरिएको थियो । विद्यालयमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन सहित विद्यालय परिवारले खेलाडीहरुलाई माला र खादा लगाएर बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा नेपालभरका ३० विद्यार्थीहरु सहभागी भएको थिए भने अमेरीका, भारत, मलेसिया सहित ४० देशका खेलाडीहरु प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्