खाजा घरमा खुलमखुला यौनधन्दा, तारकेश्वर ११ को गुम्बा पुल आसपासका २० वटा खाजाघरमा वडा कार्यालयले लगायो ताला

Sagarmatha Post
Sagarmatha Post २ असार २०८२, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ११ ले गुम्बा पुल देखि आनन्द टोल सम्मका अमर्यादीत गतिविधि गर्ने २० वटा खाजाघरमा ताला लगाएको छ ।
स्थानियबासीहरुले ति ठाँउहरुका खाजाघरमा अमर्यादित गतिविधिहरु भईरहेको, लागू औषध दुव्र्यसनीहरुको उपस्थिति, युवा युवतीहरुको अस्वभाविक र यौनजन्य क्रियाकलाप, मदिरा सेवन र अन्य असामान्य गतिविधि, झै झगडा तथा हातहतियार समेतको प्रयोगबाट हुने सामुहिक लडाई र मारपिटबाट वडाबासी तथा टोलबासीहरुमा हिडडुल गर्न तथा राती हो हल्लाले सुत्न समेत असहज भएकोले उक्त कामकारबाही नियन्त्रण गर्नका लागि स्थानीयबासीहरुको सामुहिक निवेदनपछि वडा कार्यालयले ति व्यवसायहरुको अनुगमन गरेर बन्द गरेको हो ।
वडा नं ११ का अध्यक्ष कबिराज बस्नेतको नेतृत्वमा कार्यपालिका सदस्य एवं वडा सदस्य मिरा थापा, वडा सदस्यहरु जगन्नाथ घिमिरे र लिला बराईली सहित नेपाल प्रहरी र नगरप्रहरी सहितको टोलीले ति खाजाघरहरुमा ताला लगाएको हो ।
जेष्ठ २० गते वडा कार्यालयले सुचना प्रकशीत गरी गुम्बा जाने पुल देखि आनन्द टोलको पुल सम्म संचालनमा रहेका कित्ता नम्बर ३९,६८,७०,७१,७२,७३, १०५,१०७ र ११० मा निर्माण भएको घरमा रहेको खाजाघरहरुमा अमर्यादीत गतिविधिहरुको बारेमा उजुरी परेको उल्लेख गदै घरधनीहरुलाई जेष्ठ २७ गते भित्रमा वडा कार्यालयमा सम्पर्कमा आउन सूचना जारी गरेको थियो । वडाको सुचनालाई अधिकंस घरधनीहरुले वेवास्ता गरेपछि असार २ गते वडा कार्यालयले ति खाजाघरहरुमा ताला लगाएको छ ।
गुम्बा पुल नजिकैको एक घरमा तल्लो तलामा खाजा घर र माथिल्लो तलाका तिन वटा कोठाहरुमा खाट राखेर अबैध यौनधन्दा संचालन गरेको भेटिएको छ । उक्त घरबाट यस अघि वडा कार्यालयको समन्वयमा एक युवतीलाई जवरजस्त यौन व्यवसायमा संलग्न गरेको आरोपमा होटलकी संचालकलाई प्रहरीले पक्राउ गरी युवतीको उद्धार गरेको थियो । उक्त खाजाघरका संचालकका श्रीमती हाल मानवबेचबिखनको आरोपमा हिरासतमा रहेको भएपनि श्रीमानले फेरी सोही व्यवसाय गरिरहेको भेटिएको हो ।
वडा नम्बर ११ का अध्यक्ष कबिराज बस्नेतले खाजाको नाममा दर्ता गरेर अबैध यौनधन्दा र अवैध गतिविधिहरु भएकाले ति व्यवसायहरु बन्द गरिएको बताउनुभयो । “खाजाघर भनेर खाजाघरनै संचालन हुनुपर्यो, त्यहाँ लोकल रक्सी र मदिराहरु राखेर युवतीहरुलाई यौन व्यवसाय गर्न पाईएन, वडा अध्यक्ष बस्नेत भन्नुहुन्छ अब हामी वडा भरीका खाजाघरहरुको निगरानी गर्नेछौं, त्यहाँ पनि यस्तै गतिविधिहरु भएको पाईएमा बन्द गर्नेछौं”
स्थानीय रामलाल श्रेष्ठले खाजाघर भित्रको अवैध गतिविधि रोक्नका निम्ती वडा कार्यालयले गरेको काम निकै प्रशंसनीय रहेको बताँउदै स्थानीयबासीहरु वडाको कार्यबाट निकै खुसी रहेको बताउनुभयो ।

 

bnbn

No photo description available.

May be an image of 9 people and text that says 'และาฟัง चाडमिन खाजा धर ससेज रोटी खाना ਬेਰ, चनाचटपत, पानि परीको ाय अडर अनसार खाना ករ FASTFOOD राज खाजा - घर घर ह्वादिष्ठ स्वादिष्टसाना! আाলा! R RAJ KHAJA GHAR ARE YOU HUNGRY? - 一 not6'

May be an image of 9 people and text

May be an image of 3 people and text

May be an image of 9 people, temple and text

vb

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्