तारकेश्वर नगरपालिकाले नगर अस्पताल सञ्चालन गर्ने, नगरप्रमुख र उपप्रमखुले गरे नगर अस्पताल भबनको शिलान्यास

Sagarmatha Post
Sagarmatha Post १८ असार २०८२, बुधबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाले नगर अस्पताल संचालन गर्ने भएको छ । तारकेश्वर नगरवासीहरुको स्वास्थ्यमा पहुंच बिस्तारका लागि नगरपालिकाले नगर अस्पताल संचालनमा ल्याउन लागको हो । तारकेश्वर नगरपालिका वडा नं ६ स्थीत पुरानो हेल्पीङ ह्याण्डर अस्पतालको बिल्डीङ रहेको कम्पाउण्डमा नगर अस्पताल संचालन हुने भएको हो । नगर प्रमुखले एक कार्यक्रमका बिच नगर अस्पतालको ओपिडि बिल्डीङको शिलान्यास गर्नुभयो ।
तारकेश्वर नगरपालिकाले १५ बेडको अत्याधुनीक सुविधा सम्पन्न नगर अस्पताल निर्माण गर्न लागेको हो । नगर अस्पतालको शिलान्यास गदै नगरप्रमुख कृष्ण हरि महर्जनले नगर अस्पतालले नागरिकहरुलाई स्वास्थ्य उपचारमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
नगरप्रमुख महर्जनले भवन तोकिएको समय भित्रै तयार भई सेवा सुचारु हुने बताउनुभयो ।
सो अवसरमा उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले नगर अस्पताल बन्नु खुसीको कुरा रहेको बताँउदै अस्पतालबाट नगरबासीले लाभ पाउने बताउनुभयो ।
शिलान्यासमा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा ६ का कार्यबाहक वडा अध्यक्ष, शाखा प्रमुखहरु, कर्मचारी , पत्रकार र स्थानीयबासिको उपस्थिति रहेको थियो ।

May be an image of text that says 'पव्विकारकी NICIPALIYILI អូ EI adrataaRs तारकश्वर नगरपालिका नावकवन नगवयालका धर्मस्थली, काठमाडौ वागमति प्रदेश.ने नेपाल नगर अस्पताल शिलान्यास कार्यत्रम मिति: શ0८શ/ 03/ 09 गते स्थान: तारकेश्वर न. पा.-६, धर्मस्थली,'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्