तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको सरुवा, नयाँ जिम्मेवारी पाउनु भएका लम्साल आजै हाजिरी हुने

Sagarmatha Post
Sagarmatha Post ८ आश्विन २०८२, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा धर्मराज लम्साललाई जिम्मेवारी दिएको छ ।
मन्त्रालयले हिजो साँझ जिल्ला समन्वय समिति डडेल्धुरामा कार्यरत लम्साललाई तारकेश्वरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी दिएको हो । तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले काम नगरेर दुःख दिएको गुनासो साँचो ठहरिएपछि मन्त्रालयले उहाँको सरूवा गरिएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएको अर्थमन्त्री रामेश्वर खनालले बताउनुभयो ।
आचार्य दुई महिना देखि नगरपालिकामा नआँउदा कर्मचारीहरुको तलब, भत्ता साथै निर्माण व्यवसायीहरुले दशैंको समयमा समेत भुक्तानी नपाउने अवस्था आएको थियो । नगरप्रमुखसंग असहमजदारी भएको भन्दै असार मसान्त देखि आचार्य नगरपालिकामा नआई गैरहाजिरीमा बसिरहनुभएको थियो । तिन दिन अघि मात्र नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच मन्त्रालयमा भएको छलफलमा आचार्य नगरपालिकामा र्फकने र त्यसको वातावरण नगरप्रमुखले मिलाउने सहमती भएको थियो । मन्त्रालयमा सहमती भएपनि आचार्यले आफु असुरक्षित रहेको भन्दै नगरपालिका नआएपछि नगरप्रमुख कृष्ण हरि महर्जनले हिजो आफ्नो कार्यकक्षमा उपस्थीत पत्रकार र निर्माण व्यवसायीहरुको उपस्थीतिमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएको अर्थमन्त्री रामेश्वर खनालसंग टेलिफोनमा गुनासो गर्नुभएको थियो ।
मन्त्रालयको स्थानीय निकाय हेर्ने महाशाखाकी प्रमुख पार्वती शर्माले नगरपालिकाबाट मन्त्री ज्यू सम्म गुनासो पुगेपछि मन्त्री ज्यूको आदेशले तत्काल प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरिएको बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्