नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ ले औपचारीक कार्यक्रमनै नगरी गर्यो सूभकामना आदानप्रदान कार्यक्रम

Sagarmatha Post
Sagarmatha Post ११ आश्विन २०८२, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जेनजी आन्दोलन पछि उत्पन्न देशको परिस्थीतिलाई मध्यनजर गदै नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ ले औपचारीक कार्यक्रमनै नगरी सूभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी व्याङक्वेटमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का सभापति श्याम कृष्ण खड्गीले यस अघि काँग्रेसले गदै आएको कार्यक्रमको स्वरुपलाई परिवर्तन गदै अनौपचारीक रुपमा सूभकामना आदानप्रदान मात्र गरिएको बताउनुभयो ।
कार्यक्रममा पुर्व रक्षामन्त्री एवं संविधान सभा सदस्य भिमसेनदास प्रधान, नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँ, पुर्व मन्त्री एवं बाग्मती प्रदेश सभा सदस्य हरिप्रभा खड्गी, नेपाली काँग्रेस बाग्मती प्रदेश सदस्य हरिहर अधिकारी र इन्द्रमान महर्जन, क्षेत्र नं ६ का सभापति श्याम कृष्ण खड्गी तथा क्षेत्रीय कार्यसमिति, क्षेत्रनं ६ क का सभापति एवं काठमाण्डौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्यामराज तिवारी तथा प्रदेश कार्यसमिति, क्षेत्र नं ६ प्रदेश ख का प्रदेश सभापति बिष्णु भक्त तिमिल्सीना तथा प्रदेश कार्यसमिति, तारकेश्वर नगरसभापति एवं नगरप्रमुख कृष्ण हरि महर्जन तथा नगर कार्यसमिति, तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गी, वडा नं वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ८ का अध्यक्ष श्याम कृष्ष्ण सापकोटा, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, काँग्रेसका वडासभापति एवं भातृसंस्था, सुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

fg

May be an image of 8 people, people smiling and text

May be an image of 14 people and people smiling

May be an image of 11 people

May be an image of 4 people, beard, people smiling and text

May be an image of 14 people and people smiling

May be an image of 10 people and the Panama Canal

May be an image of 7 people, beard, people smiling and text

May be an image of 6 people and text

ghgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्