रबिन थपलिया । काठमाण्डौं । उद्यमशिलता र पारदर्शीता : सहकारीको प्राथमिकता भन्ने मुल नारासहित तारकेश्वर नगरपालिकाले ६९ औं सहकारी दिवस मनाइएको छ । सहकारी दिवसको अवसरमा तारकेश्वर नगरपालिकाले सहकारीका उत्पादन तथा सेवाहरुको प्रदर्शनी समेत आयोजना गरेको छ । नगरपालिका परिसर धर्मस्थलीमा आयोजना गरिएको प्रदर्शनीमा उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्ने चार सहकारी नगद सहित पुरस्कृत भएका हुन् । सामुहिक चौतारी महिला कृषि सहकारी संस्था लि. ता.न.पा. ५ उत्कृष्ट–प्रथम भई नगद रु. १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट–दोस्रो उत्पादन प्रदर्शन गर्ने, जय इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लि. नगद रु.८००० सहित सम्मान पत्र प्रदान प्राप्त गरेको छ, भने तेश्रो र चौथो उत्कृष्ट सहकारी उत्पादन प्रदर्शन गर्ने संस्था, क्रमशः करुणा महिला कृषि सहकारी संस्था लि. र गोल्डेन अर्थ बचत बचत तथा ऋण सहकारी संस्था लि.लाई नगद रु. ५०००÷– तथा सान्तवना स्वरूप रु. १०००÷– र अन्य सबै प्रदर्शनी कार्यक्रममा सामग्री÷स्टल राख्ने सहकारी संस्थाहरुलाई प्रोत्साहन स्वरुप रु १०००÷– नगद सहित सम्मान पत्र प्रदान गरिएको छ ।
सहकारी दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्सालले उत्कृष्ट सहकारीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।


df

df


प्रतिक्रिया दिनुहोस्