काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्