काठमाडौं, ललितपुर र भक्तपुरमा संचालित देउराली बहुउदेश्यीय सहकारी संस्था लि. को संचालक समितिको अध्यक्ष, तथा पुजा ग्रुप अन्तर्गतका पुजा ट्रेडिङ एण्ड मार्केटीङ प्रा.लि., पुजा मार्केटिङ प्रा.लि., थ्री ब्रदर्स मार्केटिङ प्रा.लि. र अन्नपुर्ण डिष्टिलरी प्रा.लि. समेतको संचालक रहेका प्रतिवादी रबिन्द्र चौलागाईले तत्कालिन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी तथा पदाधिकारीहरु समेतका ब्यक्तिहरुसँग मिलेमतो गरी आपराधिक मनासायका साथ नियोजितरुपमा तत्कालिन सेन्चुरी कमर्सियल बैंकको रकम हिनामिना गर्ने उदेश्य राखी प्रतिवादी रबिन्द्र चौलागाईले निजको परिवार भित्रका नातेदार समेतको नाममा पुजा ट्रेडिङ एण्ड मार्केटिङ प्रा.लि., थ्री ब्रदर्श मार्केटिङ प्रा.लि., पुजा मार्केटिङ प्रा.लि. र अन्नपुर्ण डिष्टिलरी प्रा.लि. समेतका कम्पनीहरु संचालन गरि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधिन भन्दा बाहिर गई प्रतिवादीहरुले आफु अनुकुलको अबस्था सृजना गरी कम्पनिहरुको वास्तविक कारोवार रकम भन्दा बढी कारोवार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र समेत बनाई, मुल्य अभिबृद्धी करको कागज बनाई, नभएको कारोबारको Stock तथा Receivables देखाई गलत वित्तीय विवरण तयार गरी, नक्कली लेखा परिक्षण समेत बनाई उल्लेखित नक्कली कागजातहरु समेतको आडमा गैरकानूनीरुपमा प्रतिवादीहरुले आ-आफ्नो जिम्मेवारी अनुसारको फरक फरक भूमिका निर्वाह गरी विभिन्न शिर्षकमा धितो (Collateral) ले खाम्ने भन्दा अत्यधिक बढी रकम जम्मा रु.२,३०,८१,००,०००।–(दुई अर्व तीस करोड एकासी लाख) प्रवाह गरी बैकिङ कसूरमा संलग्न तत्कालिन सेन्चुरी कमर्सियल बैंकका तत्कालिन CEO मनौज न्यौपाने समेतलाई मिति २०८०/११/१४ गते बैंकिङ कसूर तथा सजाय ऐन,२०६४ बमोजिम मुद्दा दर्ता गरि अनुसन्धानको क्रममा सो कसुरमा तत्कालिन संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ समेतको संलग्नता देखिएकोले सो कसूरमा संलग्न निज राजेश कुमार श्रेष्ठ लगायत निम्न पदाधिकारीहरु तथा कर्मचारीलाई सम्मानित उच्च अदालत पाटनबाट पक्राउ अनुमति समेत लिई मिति २०८१/०२/२८ गते विभिन्न स्थानहरुबाट पक्राउ गरी बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान भईरहेको ।
पक्राउ व्यक्तिहरुको विवरण
| सि.न. | नाम/थर | ठेगाना | हालको ठेगाना | पद |
| १ | राजेश कु. श्रेष्ठ | भोजपुर,टक्सार ४ | ललितपुर ३, झम्सिखेल | अध्यक्ष |
| २ | सुनिल कु. न्यौपाने | दैलेख बजार | कपन, काठमाण्डौ | सदस्य |
| ३ | प्रा.डा. गिता प्रधान | ललितपुर ४ झम्सिखेल | ललितपुर ३ झम्सिखेल | सदस्य |
| ४ | रमेश कु. निरौला | सिराह, जमदह | बत्तिसपुतली ३, काठमाण्डौ | सदस्य |
| ५ | रण ब. श्रेष्ठ | भोजपुर दलगाउ ५ | काठमाण्डौ | सदस्य |
| ६ | राजेश कु. दली | काठमाडौ १२ ताहांचल | ललितपुर ३, धोबीघाट | सदस्य |
| ७ | उमा कुमारी श्रेष्ठ | चितवन नारायनघाट ३ | पासिकोट टोखा,काठमाडौं | सदस्य |
| ८ | अभिषेक बज्राचार्य | धरान ४ सुनसरी | धरान ४ सुनसरी | सदस्य |
| ९ | शिब गोपाल रिसाल | बिराटनगर-12 मोरङ | महालक्ष्मी-५, टीकाथली | CAD Section Chief |


प्रतिक्रिया दिनुहोस्