रबिन थपलिया । काठमाण्डौं । असार १८ । तारकेश्वर नगरपालिका वडा नं ११ स्थीत नागरिक आरोग्य सेवा केन्द्रले तारकेश्वरका ७ सय स्कुलका बालबालीकाहरु र शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरेको छ ।
बालबालीकालाई पढाइबाट हुने तनाव कम गदै आयुर्वेद तथा योग शिक्षा तर्फ आर्कर्षित गराउने उदेश्य सहित यहि असार ४ गते देखि १३ गते सम्म तारकेश्वर नगरपालिकाको वडा नं ९,१० र ११ का विद्यालयहरुमा आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको नागरिक आरोग्य केन्द्रकी प्रमुख दिव्या आचार्यले जानकारी दिनुभयो ।
१० दिन सम्म चलेको कार्यक्रममा डा. लक्ष्मीप्रसाद घिमिरे, डा.पूजन अर्याल र प्रकाश आचार्यले प्रशिक्षण दिनुभएको थियो । उहाँहरुले आयुर्वेद जीवनशैली, योगको प्रयोगात्मक र शैक्षिक कक्षाहरु, भान्सामा पाइने आयुर्वेद औषधीजन्य जडीबुटीको सामान्य परिचय, उपयोग र त्यसको संरक्षणको बारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा विद्यार्थी तथा शिक्षकहरुले आयुर्वेद तथा योग शिक्षा सम्बन्धी कार्यक्रम निकै प्रभावकारी रहेको बताँउदै यस प्रकारको कार्यक्रमहरुलाई विद्यालयमा निरन्तर रुपमा सञ्चालन गरीरहनुपर्ने बताउनुभएको थियो ।
fgfg
प्रतिक्रिया दिनुहोस्