अवरुद्ध भएका राजमार्गहरू दशैँ अगाडिनै सुचारु गर्न कामलाई तीव्रता :भौतिक पूर्वाधार तथा यातायात मन्त्री

Sagarmatha Post
Sagarmatha Post १८ आश्विन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू दशैँ अगाडि नै खुलाउने गरी धमाधम काम भइरहेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको पूर्वधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री दाहालले दसैँमा घर फर्कन यात्रुलाई यातायात सुचारु गर्न सरकारले  निजी निर्माण उपकरणहरू लिएर पनि सडक खुलाउने कामलाई तीव्रता दिएको बताउनुभयो ।  बैठकमा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले हालै गएको बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो । अस्थायी आवास र स्थायी आवास बनाएर कसरी बाढी पहिरो प्रभावितलाई पुनर्स्थापना गर्न सकिन्छ  भन्ने विषयमा मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरिने बताउनुहुँदै मन्त्री दाहालले  दसैँमा घर जानेहरूलाई टिकटको व्यवस्था सहज होस् भनेर यातायात व्यवसायीसँग सहकार्य गरिरहेको  जानकारी दिनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्