काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा तारकेश्वरका सामुदायिक विद्यालयका लेखा शिक्षक तथा प्रधानाध्यापकहरुलाई लेखा प्रणाली सम्बन्धी तालिम दिईएको छ ।
लेखा प्रणालीलाई चुस्त र दुरुस्त राख्नका निम्ती नगरपालिकाले शिक्षकहरुलाई तालिम दिएको हो । असार १५ गते तारकेश्वर नगरपालिकाको आयोजनामा बिधालय लेखा प्रणालीलाई क्षमता विकास कार्यक्रम नगर उप प्रमुख सृजना बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न भयो । बिद्यालयका प्रधानध्यापकज्युहरु, लेखा कर्मचारीहरुलाई दिईएको यस लेखा प्रणाली सम्बन्धी तालिम प्रशिक्षक अर्थविद डा. दामोदर रेग्मी र प्रशिक्षक बिनोद विडारीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको संचालन नगर खेलकुद संयोजक बिक्रम खड्गीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन शिक्षा शाखाका प्रा.स. आरती पौडेलले गर्नुभएको थियो ।
तारकेश्वरका लेखा शिक्षक र प्रधानाध्यापकहरुलाई लेखा प्रणाली सम्बन्धी तालिम सम्पन्न


प्रतिक्रिया दिनुहोस्