कौसल स्कुलले चौंथो मेयर रनिङ शिल्ड प्रतियोगितामा पदक दिलाउन सफल खेलाडीहरु तथा प्रशिक्षहरुलाई गर्यो नगद सहित सम्मान

Sagarmatha Post
Sagarmatha Post २५ मंसिर २०८२, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न चौंथो मेयर रनिङ शिल्ड प्रतियोगितामा विद्यालयलाई पदक दिलाउन सफल खेलाडीहरु तथा प्रशिक्षहरुलाई तारकेश्वर ८ स्थीत कौसल स्कुलले नगद सहित सम्मान गरेको छ ।
विद्यालयमा आज आयोजीत कार्यक्रममा विद्यालयका प्रिन्सीपल शिव प्रसाद अर्याल, सहायक प्रधानाध्यापक भरत भण्डारी, प्लस टु का इञ्चार्ज अस्मीव कुमार बस्नेत र एडमिनिस्ट्रेटीभ सुर्यचन्द्र पौडेलले नगद सहित सम्मान गर्नुभयो ।
यहि मंसिर १३ गते देखि २० गते सम्म सञ्चालीत चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा कौसल स्कुलले स्वर्ण ३, रजत ११ र कास्य १२ गरी २६ पदकका साथ पाँचौ स्थान हाँसील गर्न सफल भएको थियो । विद्यालयमा आज आयोजीत कार्यक्रममा स्वर्ण पदक खेलाडीहरुलाई नगद रु ३ हजार, रजत पदक बिजेता खेलाडीलाई नगद रु १ हजार पाँच सय र कास्प पदक बिजेता खेलाडीलाई नगद रु १ हजार सहित सम्मान गरिएको विद्यालयका इसिए इञ्चार्ज, तेक्वान्दोका अन्तराष्ट्रिय रेफी, तारकेश्वर नगर तेक्वान्दो कार्यसमितिका अध्यक्ष एवं चौंथो मेयर रनिङ शिल्ड प्रतियोगिताका सह संयोजक राजकुमार ठकुरीले बताउनुभयो । प्रतियोगितामा फुटबल खेलको टिम बिजेता टोलीलाई नगद रु ११ हजार र फुटबलका प्रशिक्षकलाई नगद रु ५ हजार सहित सम्मान गरिएको ठकुरीले बताउनुभयो । साथै बिभिन्न विधाका प्रशिक्षकहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।

May be an image of one or more people and text that says 'KAUSHAL HIGH SCHOOL KAUSHALHIGHSCHOOL/COLEGE COLLEGE'
प्रतियोगितामा छात्र फुटबल प्रतियोगितामा कौसल स्कुल टिम बिजेता बन्न सफल भएको थियो भने तेक्वान्दो, उसु, व्याडमिन्टन र टेबल टेनिस विधामा भने विद्यालयले तेश्रो स्थान हाँसील गर्न सफल भएको ठकुरीले जानकारी दिनुभयो ।

May be an image of one or more people and text

May be an image of one or more people and people studying

xc

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्