खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

Sagarmatha Post
Sagarmatha Post ३० पुष २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ । खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली करिब ८० लाख रुपियाँ) सहित युवराज नेवारलाई पक्राउ गरेको हो । सिन्धुलीबाट झापातर्फ जाँदै गरेको सुमो गाडी चेकजाँचका क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायसँग समन्वयमा अनुसन्धान भइरहेको जनाइएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्