प्रहरीले काठमाडौंबाट ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२ आलापोटमा बस्दै आएका २६ वर्षीय अवतार सिंह तामाङ र काठमाडौंको सुन्दरीजल निवासी ५४ वर्षीय अम्बक तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू सवार बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलबाट गएराति करिब १ बजे ३० किलो गाँजा बरामद गरिएको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई गाँजा बरामद गरेको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्