नेपालको पहिलो नागढुंगा सुरुङमार्गको उद्घाटन्

Sagarmatha Post
Sagarmatha Post ११ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०का प्रतिनिधिको उपस्थितिमा बिहान ११ बजे सुरुङमार्गको उद्घाटन गरिएको हो। टोटेपाखादेखि धादिङको सिस्नेखोलासम्म फैलिएको २,६८० मिटर लामो सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ मा सुरु भएको थियो। साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले चार पटक म्याद थपिएपछि आयोजना सम्पन्न भएको हो। प्रारम्भिक अनुमान २२ अर्ब रुपैयाँ रहेको लागत बढेर ३० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ, जसमा जाइकाको २२ अर्ब रुपैयाँ ऋण सहयोग र बाँकी नेपाल सरकारको लगानी रहेको छ।
उद्घाटनसँगै सुरुङमार्गमा प्रारम्भिक चरणमा बस, माइक्रोबस, कार, भ्यान, जीप तथा पिकअपजस्ता चारपाङ्ग्रे सवारीलाई मात्र सञ्चालन अनुमति दिइएको छ भने मोटरसाइकल, पेट्रोल ट्यांकर, ग्यास बुलेटलगायतका सवारीलाई तत्काल प्रवेश दिइने छैन। सुरुङमार्ग प्रयोगकर्ताले सम्बन्धित बैंकमार्फत प्राप्त हुने ‘एन–ट्याग’ ९च्ँक्ष्म्० स्टिकर सवारीमा जडान गरी त्यसमा रहेको मौज्दातबाट स्वचालित रूपमा टोल शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। काठमाडौं प्रवेश गर्ने कार, भ्यान, जीप र पिकअपका लागि ६५ रुपैयाँ तथा बाहिरिने क्रममा ६० रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने सवारीको प्रकारअनुसार अधिकतम ६०० रुपैयाँसम्म टोल शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्