नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध

Sagarmatha Post
Sagarmatha Post १२ श्रावण २०८३, मंगलवार
1 Min Read
Aa

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।च्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिकै मङ्गलवार बिहान पहिरो खसेर सडक ठप्प भएको हो।सडकमा खसेको पहिरो हटाउने काम सुरु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। पहिरो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याउन कम्तीमा दुई घण्टा लाग्ने प्रहरीको अनुमान छ। सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ गइरहेका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्