भदौदेखि आन्दोलनमा उत्रने नेपाल शिक्षक महासंघको निर्णय

Sagarmatha Post
Sagarmatha Post १८ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि आन्दोलनमा उत्रने निर्णय गरेको छ। महासंघले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र शिक्षा नियमावलीको दशौं संशोधनमा समावेश गरिएका केही प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनको घोषणा गरेको हो।महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार परिषद् बैठकले भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको छ। आन्दोलनको ठोस मिति र कार्यक्रम भने महासंघको विस्तारित कार्यालय बैठकले तय गर्नेछ।

‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि र कार्यक्रम विस्तारित कार्यालय बैठकले निर्धारण गर्छ,’ महासचिव थापाले बताए।महासंघले लामो समयदेखि शिक्षा ऐन जारी गर्न सरकारसँग माग गर्दै आएको छ। साथै, शिक्षा नियमावलीको दशौं संशोधनमा समावेश भएका केही व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै ती प्रावधान संशोधन गर्नुपर्ने अडान राखेको छ।

महासंघले शिक्षक सरुवा प्रणालीलाई व्यवस्थित बनाउन, विद्यालय कर्मचारीको सेवा–सुविधा सुनिश्चित गर्न, प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकको व्यवस्थापन गर्न तथा अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायी समाधान गर्न सरकारसँग माग गर्दै आएको छ। महासंघले आफ्ना मागहरू सम्बोधन नभए भदौदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्