काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् स्रोतका अनुसार बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णयसमेत गरेको छ।
प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णय


प्रतिक्रिया दिनुहोस्