विवादास्पद टेलिफोन संवादबारे सांसद श्रेष्ठलाई पार्टीले सोध्यो स्पष्टीकरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महान्त्री एवं प्रवक्ता डा मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्ने÷नगराउन निर्देशन दिएको जानकारी दिनुभएको हो ।

स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवादबारे छानबिन गर्न तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।–

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्