सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 12, 2020
धनगढीमा अटोमा बेहोस भएर नुवाकोटका पाण्डेको मृत्यु, नागरीकता भेटेपछि उनको पहिचान खुल्यो
काठमाण्डौं । फागुन २९ । चलिरहेको अटोमा बेहोस भएर नुवाकोटका भैरबजंघ पाण्डेको मृत्यु भएको छ । 
भारतबाट आएका उनी धनगढीको मोहना पुल नजिकै अटोमै बेहोस भएका थिए । अटोमा अचानक बेहोस भएका पाण्डेको साथमा भेटिएको नागरिकता अनुसार उनको नाम भैरवजंग पाण्डे रहेको र उनी नुवाकोटको विदुर नगरपालिका–१ निवासी भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको  छ ।
अटोमा बेहोस भएका पाण्डेको सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । ‘मृतकको अस्पताल ल्याउनुभन्दा अगाडि नै ज्यान गइसकेको थियो’ सेती अस्पतालनका डाक्टर विष्णु जोशीले  भने, ‘उनको साथबाट प्रेसरको औषधि भेटिएको छ तर मृत्युको कारण पोस्टमार्टमपछि मात्रै खुल्ने छ।’ 
मृतक पाण्डेको पहिचान खुलेपनि उनको आफन्ताहरु अहिले सम्म सम्पर्कमा आएका छैनन् । पाण्डेको आफन्तालाई सम्पर्कको लागि प्रयास भइरहेको प्रहरीले बताएको छ । 
Image may contain: 1 person, sleeping
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video