शिक्षा /स्वास्थ्य
Sep 28, 2019
बाथमुटु रोग अनुसन्धान गर्न अक्षयकोष स्थापना
काठमाडौँ, असोज ११ ।  वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथमुटु रोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पु¥याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गर्नुभएको छ । नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उहाँले रु १० लाख प्रदान गर्नुभएको छ । कोषको रकम १० वर्षभित्र रु एक करोड पु¥याइने लक्ष्यसमेत राखिएको छ । “पछिल्लो समय नेपालमा बाथमुटु रोगको अवस्था बढ्दो छ । यसका बारेमा जनचेतना, अनुसन्धान र रोकथाम गर्न सामूहिक प्रयासको आवश्यकता रहेको छ । यसैलाई सहयोग गर्न कोष स्थापना गरी नयाँ कार्यको शुरुआत गरिरहेको हुँ उहाँले भन्नुभयो”, उहाँले भन्नुभयो । कोषको व्याजबाट प्राप्त रकम बाथमुटुरोगको अध्ययन, अनुसन्धान, निवारण गर्न तथा यी कार्यमा काम गर्ने व्यक्ति तथा संस्थालाई पुुरस्कृत गरिनेछ । प्रतिष्ठानका अनुसार नेपालमा एक प्रतिशत बालबालिकामा बाथ मुटुरोगको समस्या रहेको अनुमान रहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video