प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ,  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । टोलीको उपकप्तानमा वसन्त खत्री र अन्य सदस्यमा वीरेन्द्र नाथ, गजेन्द्र बोहरा, शेर मल्ल, नारायण जोशी, वसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमटा, नरेन साउद, कैलाश ऐर, टेक रावल र गजेन्द्र भण्डारी छन् ।

साथै खड्कबहादुर बोहरा, वीरेन्द्र बम, कृष्ण भट्ट र स्मिथ बुढा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

कैलाली र कञ्चनपुरमा असोज ३१ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली घोषणा गरिएको जनाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १३ गतेदेखि काठमाडौँमा हुँदैछ । सुदूरपश्चिमले पहिलो खेल कात्तिक १४ गते गण्डकी प्रदेशसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्