गृहसचिव सिंहद्वारा सुरक्षा व्यवस्था मजबुत पार्न निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, गृह सचिव विनोदप्रकाश सिंहले रसुवाको सुरक्षा व्यवस्था थप मजबुत पार्न यहाँका प्रशासक एवं सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ ।

जिल्लाको भ्रमणका क्रममा गृहसचिव सिंहले समग्र सुरक्षा अवस्था, स्थानीय प्रशासकद्वारा सम्पादन गर्ने नियमित सेवा प्रवाहका विषयमा समेत जानकारी लिनुका साथै रसुवागढी नाकाको विशेष सुरक्षा व्यवस्था एवं कारागारभित्र रहेका कैदीबन्दीहरूको अवस्थाका बारेमा समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।

चीनसँग जोडिएको उत्तरी नाकालाई व्यवस्थित र मर्यादित बनाउने पहिलो कार्य सुरक्षा व्यवस्था नै भएकाले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुनसक्ने आँखेटोपहारलगायत गैह्रकानुनी कियाकलाप पूर्णरूपमा अन्त्य गराई रसुवागढीलगायत चीनसँग जोडिएका सबै स्थानको क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पार्न रसुवाका सुरक्षा अधिकारीलाई सचिव सिंहले निर्देशन दिनुभयो ।

सुरक्षा कार्य मजबुत पार्न स्थानीय प्रशासनले खेलेको भूमिका, जिल्लाको भौगर्भिक अवस्थालगायत स्थानीय गतिविधिबारे समग्र विषयवस्तु रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सचिव सिंहलाई जानकारी गराउनुभएको थियो ।

थुमनको मालागढी भूभागबाट पैदल मार्ग हुँदै चीन जानसक्ने पैदल मार्गमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट खडा गर्ने काम ढिलाइको विषयमा सचिव सिंहले जमिनको भूस्वामित्व कायम गराउन वन मन्त्रालयसँग आफूले छिट्टै समन्वय गर्ने बताउनुभयो । भूकम्पपछि पुनः निर्माण हुन बाँकी रहेको धुञ्चेस्थित रसुवा कारागार एवं रसुवागढीमा आवश्यक देखिएको स्वागतद्वार निर्माणका लागि आफूले पहल गर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array